दशैं लगत्तैको कारोबारमा सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार

१० कात्तिक, काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दशैं अघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

Scroll to Top